अफ्रिकी गायिकाले गाइन् फूलबुट्टे सारी (भिडिओसहित) « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अफ्रिकी गायिकाले गाइन् फूलबुट्टे सारी (भिडिओसहित)


९ चैत्र २०७७, सोमबार


काठमाडौँ । चर्चित गीत ‘फूलबुट्टे सारी’ अफ्रिकी विदेशी महिलाको स्वरमा सुन्न पाइने भएको छ। गत शुक्रबार युट्युब च्यानल डिका इन्टरटेन्टमेन्टबाट युगान्डाकी वियोन्से फ्यामेसीको स्वरमा ‘फूलबुट्टे सारी’ सार्वजनिक भएको हो।

नेपाली गायक मार्मिक लामा, मिलन नेवार, अरिष्मा सिवाकोटी, मदन कृष्ण श्रेष्ठको स्वरमा सुनिँदै आएको यो गीत नयाँ स्वरमा सार्वजनिक भएको छ । यो गीतको रचनाकार र संगीतकार राजनराज सिवाकोटी हुन्। विभिन्न भर्सनमा निस्किएको यो गीतले करोडौँ भ्यूज पाइसकेको छ।

उनले गाएको ‘फूलबुट्टे सारी’को म्युजिक भिडिओमा सेरा सेरा र राजु खड्काको प्रस्तुति छ। भिडिओ डिका गुरुङको निर्देशन, छायांकन र सम्पादनमा तयार भएको हो।

हेर्नुस् भिडियो :

Tags :
प्रतिक्रिया दिनुहोस