वाइसिएलले एक लाख ६५ हजार सदस्यता थप गर्ने « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

वाइसिएलले एक लाख ६५ हजार सदस्यता थप गर्ने


९ चैत्र २०७७, सोमबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सहायक सङ्गठन वाइसिइल नेपालले चैत महिनाभित्रै सदस्यता नवीकरण गर्ने भएको छ।

प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक हजारका दरले एक लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय गरेको छ।

वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाका अनुसार सङ्गठनको राष्ट्रिय भेला आगामी जेठ २८–३० गते काठमाडौँमा आयोजना गरिनेछ।

इकाईदेखि स्थानीय तह हुँदै जिल्ला भेला आगामी वैशाखभित्र सम्पन्न हुनेछन् भने प्रदेश भेला आगामी जेठको २० गतेभित्र सम्पन्न गर्ने निर्णय भएको अध्यक्ष सापकोटाले बताए।

वाइसिएलले मातृ पार्टी माओवादी केन्द्र र एमालेबीच एकता सम्पन्न भई बनेको नेकपाको एकता भङ्ग गराएको भन्दै एकताविरोधी गैरकम्युनिष्ट प्रवृतिको भण्डाफोर गर्ने निर्णय गरेको अध्यक्ष सापकोटाले बताए।

वाइसिएलले सङ्गठनको विधान संशोधन गर्दै केन्द्रीय समितिको सङ्ख्या १६१ सदस्य हुने तय गरेको महासचिव सुवोधराज शेर्पालीले जानकारी दिए।

 

Tags :
प्रतिक्रिया दिनुहोस