थप ७७ जनामा कोरोना पुष्टि « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

थप ७७ जनामा कोरोना पुष्टि


प्रशासन संवाददाता

८ चैत्र २०७७, आइतबार


काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ७७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ९०६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार १०६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ९२१ पुगेको छ।

हाल देशभर ९ सय ६९ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घन्टामा ३ हजार १ सय ८१ पीसीआर परीक्षण भएको छ। हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १६ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस