सरकारले दिने १० लाख रुपैयाँ नवीन्द्रराज जोशीको परिवारले नलिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरकारले दिने १० लाख रुपैयाँ नवीन्द्रराज जोशीको परिवारले नलिने


प्रशासन संवाददाता

८ चैत्र २०७७, आइतबार


काठमाडौँ । बिरामी भएर काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको परिवारले सरकारले दिने १० लाख रुपैयाँ सहयोग नलिने भएका छन् ।

नेता जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले जोशीको परिवारले उक्त रकम नलिने बताए । गत फागुन १४ गते मष्तिस्कघात भएपछि नेता जोशीलाई वीर अस्पताल हुँदै नर्भिकमा भर्ना गरिएको हो । उनको अहिलेसम्म होस खुलेको छैन र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

चैत ६ गते जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले उपचारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस