माधव नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने बालुवाटार बैठकको निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माधव नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने बालुवाटार बैठकको निर्णय


प्रशासन संवाददाता

७ चैत्र २०७७, शनिबार


काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समिति बैठकले वरिष्ठ नेता माधव नेपालसहित पाँच जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरको छ ।

बालुवाटारमा शनिबार बसेको केन्द्रीय समिति बैठकले माधव नेपालसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल भीम रावल र रामकुमारी झाँक्रीलाई पार्टी हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको भन्दै स्पष्टीकरण सोध्ने बैठकले निर्णय लिएको हो ।

साथै, बैठकले संघिय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हाटाउने, राख्ने या हेरफेर गर्ने सबै अधिकार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको एक नेताले जानकारी दिए ।

अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गर्ने सबै कामका लागि पार्टी अध्यक्षलाई अख्तियारी दिने निर्णय भएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस