तीन कर्मचारी बढुवा सिफारिस « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

तीन कर्मचारी बढुवा सिफारिस


७ चैत्र २०७७, शनिबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन जना कर्मचारी बढुवाका लागि सिफारिस गरेको छ । बढुवा समितिको निर्णय अनुसार ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि तीन जनालाई बढुवा सिफारिस गरिएको हो ।

नेपाल विविध सेवा, राजपत्राङ्कित तृतीय श्रेणी, महिला विकास अधिकृतको रिक्त रहेको दरबन्दीमा रोशनी श्रेष्ठलाई सिफारिस गर्ने निर्णय भएको छ ।

यसै गरी नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह राजपत्राङ्कित तृतीय श्रेणीको रिक्त पदमा ऋषिराम पौडेल र नारायण प्रसाद रिजाललाई बढुवा गर्ने निर्णय भएको समितिले जनाएको छ ।

सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस