नेपाल राष्ट्र बैङ्कको लिखित परीक्षा नतिजा प्रकाशित (नामावलीसहित) « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

नेपाल राष्ट्र बैङ्कको लिखित परीक्षा नतिजा प्रकाशित (नामावलीसहित)


७ चैत्र २०७७, शनिबार


काठमाडौँ । लोक सेवा आयोगले लिएको नेपाल राष्ट्र बैङ्कको लिखित परीक्षा नतिजा प्रकाशित भएको छ । गत २०७६ माघमा लिइएको प्रशासन समूह सहायक द्वितीय पदको परीक्षाफल शुक्रवार प्रकाशित भएको हो ।

आयोगले शुक्रवार नतिजा प्रकाशित भएको जानकारी गराएको छ । अन्तर्वार्ताका लागि सम्बन्धित निकायमा सम्पर्क राख्न भनिएको छ।

लिखित परीक्षामा २ हजार ६ सय ६ जना सहभागी भएकोमा ५० जना अन्तर्वार्ता चरणको लागि छनौट भएका छन् ।

प्रशासन सहायक द्वितीय पदको लागि खुला १७, महिला ५, आदिवासी जनजाति ३, मधेसी ३, दलित २ र पिछडिएको क्षेत्र १ जना गरी ३१ जनाको माग भएको थियो । जसमध्ये खुला तर्फ २४ जना, महिलामा १६ जना, आदिवासी जनजातिमा ७ जना , मधेसीमा ६ जना दलितमा ४ जना र पिछडिएको क्षेत्रमा ४ जना उत्तीर्ण भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस