१० दिनभित्र अविश्‍वास प्रस्ताव ल्याएर कांग्रेस नेतृत्वमा सरकार गठन हुन्छ : महामन्त्री कोइराला « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

१० दिनभित्र अविश्‍वास प्रस्ताव ल्याएर कांग्रेस नेतृत्वमा सरकार गठन हुन्छ : महामन्त्री कोइराला


५ चैत्र २०७७, बिहिबार


मोरङ । कांग्रेसका महामन्त्री शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हप्तादेखि १० दिनभित्र अविश्वास प्रस्ताव ल्याउने बताएका छन् ।

बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याएर जनता समाजवादी पार्टी र माओवादी केन्द्रसँग मिलेर कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने बताएका हुन् ।

कोइरालाले कांग्रेस नेतृत्वमा गठित सरकारले मंसिरमा संघीय संसद्को निर्वाचन गराउनु पर्ने बताए । उनले संविधान नै धरापमा पार्ने प्रधानमन्त्री ओली नेतृत्वको नेकपा एमालेसँग मिलेर सरकारमा जान नहुने बताए ।

कांग्रेसको महाधिवेशन भदौमा गर्नुको विकल्प नभएको कोइरालाको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस