मोरङको सुन्दरहरैंचामा खोलामा डुबेको अवस्था युवकको शव फेला « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मोरङको सुन्दरहरैंचामा खोलामा डुबेको अवस्था युवकको शव फेला


५ चैत्र २०७७, बिहिबार


मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिकामा एक युवकको शव खोलामा डुबेको अवस्थामा फेला परेको छ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार नगरपालिका-५ का स्थानीय २५ वर्षीय सुरज चौधरीको शव तेलिया खोलामा डुबेको अवस्थामा फेला परेको हो।

प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार खोलाको पुलबाट करिब १० फिट तल खोलामा उनको शव भेटिएको हो। स्थानीयले बिहीबार बिहान करिब साढे ६ बजे शव देखेपछि प्रहरीलाई खबर गरेको थिए।

प्रहरी निरीक्षक ढकालले घटनास्थल पुलमा को ३७ प ७४४५ नम्बरको मोटरसाइकल लडिरहेको अवस्थामा भेटिएको जनाकारी दिए। चौधरीको शव पुलमुनि र पुलमा मोटरसाइकल भेटिनुले घटना शंकास्पद रहेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईले मोटरसाइकल धनी राजेश चौधरी सम्पर्कमा नआएको बताए। २२ वर्षीय चौधरी प्रहरी सम्पर्कमा नआउँदा घटना थप शंकास्पद भएको उनले बताए।

मोटरसाइकलमा बुधबार दिउँसो करिब ४ बजे सुरज र राजेश दुवै जना सँगै बाहिर निस्किएका थिए।

मोटरसाइकलमा यात्रा गरिरहेका बेला दुर्घटनामा परी खोलामा खसेर डुबेपछि उठेर बाहिर निस्कन नसक्दा सुरजको त्यहीँ मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि घटनाको गम्भीर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस