तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको निधन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको निधन


५ चैत्र २०७७, बिहिबार


काठमाडौँ । पूर्वी अफ्रिकी देश तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा निधन भएको छ।​ मगुफुलीको उपचारको क्रममा बुधवार अस्पतालमा मृत्यु भएको हो ।

तान्जानियाका उपराष्ट्रपतिले राष्ट्रपतिको मृत्यु भएको घोषणा गरेका छन्। पछिल्लो दुई सातादेखि राष्ट्रपति सार्वजनिक कार्यक्रममा नदेखिएपछि उनको स्वास्थ्यमा समस्या रहेको थियो।

राष्ट्रपति मगुफुली अफ्रिकी देशहरुमा कोरोना बारेमा आशंका गर्ने नेताहरु मध्ये अगाडी रहेका थिए। उनले देशमा गत मे देखि नै कोरोना सम्बन्धि जानकारी दिन बन्द गरेका थिए भने कोरोनाको खोप पनि किन्नु नपर्ने घोषणा गरेका थिए। त्यस्तै गत जुनमा नै तान्जानियालाई कोरोना फ्री देश घोषणा गरिएको थियो।​

कोभिडलाई केही होइन भन्ने तान्जानियाका राष्ट्रपति संक्रमणबाट सिकिस्त

तान्जानियाको सामाजिक संजाल र मिडियामा राष्ट्रपतिलाई पनि कोरोना भएको र कोरोनाबाटै उनको निधन भएको आशंका गरिएको छ तर सरकारले भने यस बारेमा स्पष्ट जानकारी दिएको छैन।

राष्ट्रपतिको निधनपछि तान्जानियामा १४ दिनको राष्ट्रिय शोकको घोषणा गरिएको छ। अब तान्जानियाको संविधान अनुसार उपराष्ट्रपतिले राष्ट्रपतिको शपथ लिएर उनको बाँकी कार्यकालका चलाउने छन्।

Tags :
प्रतिक्रिया दिनुहोस