ओलीले बोलाए नेकपा एमाले संसदीय दलको बैठक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ओलीले बोलाए नेकपा एमाले संसदीय दलको बैठक


प्रशासन संवाददाता

४ चैत्र २०७७, बुधबार


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले बालुवाटारमा वैठक बोलाएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् । बैठकमा सूर्य चिन्ह्बाट निर्वाचित सबै सांसदहरुलाई बोलाइएको उनले बताए ।

एमाले संसदीय दलका नेता समेत रहेका ओलीले भोलि (बिहीबार) बिहान ११ बजे बैठक बोलाएका हुन् ।

ओलीले बोलाएको बैठक वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले बहिष्कार गर्ने भएको छ । नेपाल–खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरे लगतै अध्यक्ष ओलीले संसदीय दलको वैठक डाकेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस