नेपाल–खनाल समूहको राष्ट्रिय भेला, ओलीकाे चेतावनी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल–खनाल समूहको राष्ट्रिय भेला, ओलीकाे चेतावनी


४ चैत्र २०७७, बुधबार


काठमाडौँ । नेकपा एमालेको नेपाल–खनाल समूहको राष्ट्रिय भेला काठमाडौँमा आजदेखि सुरु भएको छ । भेलामा पुराना कम्‍युनिष्ट नेताहरु पनि उपस्थित भएका छन् ।

ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको भेलामा पुराना कम्‍युनिष्ट नेताहरु मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल कोइराला पनि मञ्‍चमा उपस्थित भएका हुन् ।

कार्यक्रम सञ्‍चालक सुरेन्द्र पाण्डेले उनीहरुलाई अतिथिको आसन ग्रहण गराएका छन्।

भेलामा विभिन्‍न जिल्लाबाट नेता तथा कार्यकर्ताहरु पनि उपस्थित भएका छन्।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले २८ फागुनमा एक्लौटी निर्णयमार्फत विधान संशोधन गर्नुका साथै आफू इतरका समूहका नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल समूहले भेला बोलाएको हो।

अध्यक्ष ओलीले भने गूटगत भेला गरे अनुशासनको कारबाही गर्ने चेतावनी दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस