‘सम्हालिन्छ कहिले मन’ को छायाँकन सकियो « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

‘सम्हालिन्छ कहिले मन’ को छायाँकन सकियो


प्रशासन संवाददाता

४ चैत्र २०७७, बुधबार


काठमाडौं । चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायाँकन सकिएको छ ।

सो चलचित्रका केहि दृश्य र गीतको छायाँकन दुबईका विभिन्न ठाउँमा भएसँगै चलचित्रको छायाँकन सकिएको हो । यस चलचित्रलाई निर्देशक सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

मुस्ताङ, लण्डनको छायाँकनपछि चलचित्रको टिम दुवई पुगेको थियो । चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका रहेसँगै गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतको समेत पनि अभिनय रहेको छ ।

अमित बस्नेतले निर्माण गरेको चलचित्रमा महेश दवाडिको कथा र सौरभ लामाको छायाँकन रहेको छ । परी राना र अजितकुमार थापा सह–निर्माता र सनिष खकुरेल कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

चलचित्रमा अर्जुन पोखरेल र तारा प्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । यस चलचित्रलाई नयाँ बर्षको भदौ १८ मा रिलिज गर्ने तयारीमा निर्माण टिम जुटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस