‘बाबरी’ मा धिरज र अदितीको जोडी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

‘बाबरी’ मा धिरज र अदितीको जोडी


४ चैत्र २०७७, बुधबार


काठमाडौँ । चलचित्र ‘बाबरी’ मा अहिलेका हटकेक नायक धिरज मगर र नायिका अदिती बुढाथोकीको जोडी बाँधिने भएको छ ।

पहिला यो चलचित्रका लागि गायक नितेशजंग कुँवर अनुबन्धित भएका थिए । उनले पारिवारिक कारणले गर्दा उक्त चलचित्रमा काम गर्न नपाउने भएपछि चलचित्र छोडेका हुन् । उनले चलचित्र छोडेपछि अर्का नायक धिरज मगरले केही दिन अगाडि मात्र यो चलचित्र साइन गरेका छन् ।

अब यस चलचित्रमा नायक धिरज मगर र नायिका अदिती बुढाथोकीको अभिनय रहनेछ । चलचित्रमा नायिका नृत्ती नाडकरका छोरा धिरज टोटलानीले पनि काम गर्दै छन् । प्रेम कथामा आधारित रहेर निर्माण गर्न लागिएको यो चलचित्रको छायाङ्कन नेपाल र सिक्किममा हुने भएको छ ।

बाबरी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको छायाङ्कन चैत्रको २० गतेबाट सुरु हुँदै छ । यो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्ने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस