भट्टामा परेर इँटा उद्योगका सञ्चालक गम्भीर घाइते « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

भट्टामा परेर इँटा उद्योगका सञ्चालक गम्भीर घाइते


३ चैत्र २०७७, मंगलबार


वीरगञ्ज । केबीआई इँटा उद्योगका सञ्चालक भट्टामा परेर गम्भीर घाइते भएका छन् ।

सखुवा पर्सौनी गाउँपालिका–२ का ५० वर्षीय कलाम मियाँ वीरगञ्ज महानगरपालिका–३१ बेलवामा रहेको केबीआई इँटा उद्योगको भट्टामा परेर गम्भीर घाइते भएका हुन् ।

उनको आफ्नै इँटा उद्योग हो । मियाँ भट्टा हेर्न गएको बेला त्यही खसेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

मियाँको शरीरको ५० प्रतिशत भाग जलेको छ । उनलाई नारायणी बयोधा अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस