सगरमाथा आरोहणको लागि बहराइन राजपरिवार सहितको टोली नेपाल नेपालतर्फ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सगरमाथा आरोहणको लागि बहराइन राजपरिवार सहितको टोली नेपाल नेपालतर्फ


प्रशासन संवाददाता

२ चैत्र २०७७, सोमबार


काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि बहराइन राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली पुनः दोश्रो पटक नेपाल आउँदै छन् । बहराइनस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै सगरमाथा आरोहन टोली बशराइनबाट नेपालतर्फ प्रथान गरेको जानकारी गराएको हो ।

दूतावासका अनुसार उक्त आरोहण टोली आज नेपाली समय अनुसार १२ बजे बहराइनबाट नेपाल प्रस्थान गरेको हो । टोलीका सदस्य रोयल गार्ड डिफेन्स फोर्समा कार्यरत १३ जना तथा तीन जना बेलायती नागरिक छन् । उक्त टोली ८० दिन नेपालमा रहने दूतावासले जानकारी दिएको छ ।

राजदूत पदम सुन्दासले पर्वतारोहण सम्बन्धमा बहराइनबाट भैरहेको पछिल्ला प्रयासहरुबाट नेपाल र बहराइनबीचको सम्बन्ध थप प्रगाढ बन्दै गएकोमा खुशी व्यक्त गरे । सो टोलीले सन् २०२० को अक्टोबरमा मनास्लु हिमाल र लोबुचे हिमाल सफलतापूर्वक आरोहण सम्पन्न गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस