पछिल्लो २४ घण्टामा ४८ जनामा कोरोना पुष्टि , ६१ जना संक्रमणमुक्त « प्रशासन
Logo २३ मंसिर २०७९, शुक्रबार
   

पछिल्लो २४ घण्टामा ४८ जनामा कोरोना पुष्टि , ६१ जना संक्रमणमुक्त


प्रशासन संवाददाता

२८ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ५१२ जनाको पिसिआर परीक्षण गर्दा थप ४८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । यो र्सगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ११८ पुगेको छ ।

आज (शुक्रबार) थप ६१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर फर्किएका छन् । यो सँगै नेपालमा हालसम्म कारोनामुक्त हुनेको संख्या २ लाख ७१ हजार ११७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा हालसम्म ३ हजार १२ जनाको कोरोनाका कारणले मृत्यु भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस