एपीएफ मेयर कप फाइनलमा, उपाधिका लागि नेपाल पुलिससँग भिड्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एपीएफ मेयर कप फाइनलमा, उपाधिका लागि नेपाल पुलिससँग भिड्ने


२७ फाल्गुन २०७७, बिहिबार


काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

काठमाडौँ मेयर ११ लाई सात विकेटले हराउँदै एपीएफले फाइनलमा नेपाल पुलिससँगको भेट सुनिश्चित गरेको छ । पुलिस र सशस्त्रबीचको फाइनल खेल आगामी शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा खेलाइनेछ ।

काठमाडौँ मेयर ११ ले प्रस्तुत गरेको १७८ रनको लक्ष्य एपीएफले खेल सकिन २९ बल बाँकी छँदै मात्र तीन विकेटको क्षतिमा पुरा गरेको हो ।

५७ रनमा तीन विकेट गुमाएर कमजोर सुरुवात गरेको एपीएफका लागि कप्तान शरद भेषावकारले चौथो विकेटका लागि सन्दीप जोरासँग १२१ रनको अविजित साझेदारी गरे । शरद भेषावकारले ६१ र सन्दीप जोराले सर्वाधिक ६२ रनको योगदान गरेर अविजित रहे । सन्दीप जोराले ७९ बलमा चौकासहित ६२ रन बनाए । भेषावकारले ११८ बलको सामना गर्दा पाँच चौका र एक छक्का लगाए ।

मेयर ११ का लागि अनुज चुनारा, सन्दीप लामिछाने र अनिल खरेलले एक एक विकेट लिए । हरि शंकर साहले नौ ओभरमा २५ रन खर्चेपनि विकेटविहीन बन्न पुपगे।

त्यसअघि, मूलपानी क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको मेयर ११ ले ४८ ओभर पाँच बलमा १७७ रनमा समेटिन पुग्यो ।

एपीएफले चार खेलबाट छ अङ्क बटुलेको छ । नेपाल पुलिसले पनि चार खेलबाट छ अङ्कसहित यसअघि नै फाइनलमा स्थान सुनिश्चित गरिसकेको छ । त्रिभुवन आर्मीले आफ्नो अन्तिम खेलमा बागमती प्रदेशको सामना गर्दैछ । दुबैको सामान दुई अङ्क छ ।

Tags :
प्रतिक्रिया दिनुहोस