माओवादी केन्द्रद्वारा चार सदस्यीय कार्यदल गठन « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

माओवादी केन्द्रद्वारा चार सदस्यीय कार्यदल गठन


२६ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटी बैठकले चार सदस्यीय कार्यदल गठन गरेको छ।

गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन शर्मा रहेको कार्यदल गठन गरिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

आजको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भएको वार्ताबारे बैठकमा जानकारी गराएका थिए।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता भने लिइसकेको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस