थप ५९ जनामा कोरोना पुष्टि, ६० जना कोरोनामुक्त « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

थप ५९ जनामा कोरोना पुष्टि, ६० जना कोरोनामुक्त


प्रशासन संवाददाता

२५ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । मंगलबार नेपालमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७४ हजार ८ सय ६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६० जना संक्रमित कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ९ सय ८७ पुगेको छ ।

यस्तै पछिल्लो २४  घण्टामा एक कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारणले ज्यान गुमाउनेको संख्या ३ हजार १२ पुगेको छ ।

हाल नेपालमा ८७० सक्रिय संक्रमित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस