झापामा नेकपा एमालेकोे बोर्ड « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

झापामा नेकपा एमालेकोे बोर्ड


२५ फाल्गुन २०७७, मंगलबार


झापामा नेकपा एमालेकोे बोर्ड
झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाको पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साइनबोर्ड फेरेर आज बिहान ११ बजे एमालेको बोर्ड राखिएको हो ।

सो कार्यालय दुवै पार्टी एकीकरण हुनुअघि पनि नेकपा एमालेकै थियो । नेकपा विभाजित भएर अलग–अलग समूह भएपछि कार्यालय बन्द रहेको थियो । आजैदेखि कार्यालय पनि सञ्चालनमा आउने नेकपा एमालेका जिल्ला कमिटी सदस्य शिव ढुङ्गेलले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस