दाहाल-नेपाल समूहको निष्कर्ष : पूर्वएमाले र पूर्वमाओवादी अलग अलग जाने « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

दाहाल-नेपाल समूहको निष्कर्ष : पूर्वएमाले र पूर्वमाओवादी अलग अलग जाने


२४ फाल्गुन २०७७, सोमबार


काठमाडौँ । साविक नेकपा दाहाल-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतको फैसला मानेर अलग अलग जाने बताएका छन् ।

आज (सोमबार) पुर्व माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा बसेको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकबाट बाहिरिएका खनालले अदालतले राजनीतिक फैसला गरे पनि आफूहरु अलग अलग भएर जाने बताएका हुन् ।

बैठकमा अन्य नेताहरुले पनि अदालतको फैसला अनुरुप पूर्वएमाले र पूर्वमाओवादी अलग अलग भएर जाने धारणा राखेको नेता खनालले बताए । आफूहरु एमालेमै रहेर संघर्ष गर्ने पनि उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस