स्वास्थ्य सेवा निर्देशनालयमा ५ सय ८९ कर्मचारी दरबन्दी रिक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्य सेवा निर्देशनालयमा ५ सय ८९ कर्मचारी दरबन्दी रिक्त


प्रशासन संवाददाता

२३ फाल्गुन २०७७, आइतबार


सुर्खेत । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतमा हाल ५ सय ८९ दरबन्दी सङ्ख्या रिक्त रहेका छन् ।

निर्देशनालयको ८ सय ८७ स्वीकृत दरबन्दीमध्ये २ सय ९६ कर्मचारी पदपूर्ति भएको र बाँकी ५ सय ८९ जना दरबन्दी रिक्त रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश, सुर्खेतले जनाएको छ ।

स्वीकृत दरबन्दी सङ्ख्या मध्ये डाक्टर १ सय २३ जना ,नर्सिङ १ सय ५७ जना , ल्याब ३५ जना , पारामेडिक २८ जना ,एस आर पी ÷एच ओ,पी एच ए ,एच इ ओ ४ जना र प्रशासनिक प्राविधिकमा २ सय ३७ सहित ५ सय ८९ जना दरबन्दी रिक्त छ ।

नेपालको संविधान २०७२ को भाग ३ को धारा ३५ को उपधारा १ मा प्रत्येक नेपाली नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाबाट कसैलाई पनि वञ्चित गरिने छैन भनी उल्लेख गरिएको छ । तर स्वास्थ्य सेवा प्रदायक कर्मचारी नै रिक्त भएपछी कसरी संविधानमा उल्लेख भएबमोजिम नेपाली नागरिकले स्वास्थ्य उपचार सेवा पाउन सक्लान् ?

डाक्टरहरू अध्ययन बिदामा जाने, नफर्किने, स्वास्थ्य सेवा अन्तर्गत स्थायी पदहरू लोक सेवा आयोगले नखुलाउने र दुर्गम क्षेत्रमा डाक्टर काम गर्न इच्छुक नहुने जस्ता समस्याले रिक्त दरबन्दी धेरै रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश, सुर्खेतका डा.रविन खड्का प्रशासनलाई बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस