कम्पनीको निर्णयदेखि असन्तुष्ट राइडरद्वारा पठाओको कार्यालयमा तोडफोड « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कम्पनीको निर्णयदेखि असन्तुष्ट राइडरद्वारा पठाओको कार्यालयमा तोडफोड


१३ पुस २०७७, सोमबार


काठमाडौँ। काठमाडौँको मुख्य क्षेत्र मानिने बानेश्वरस्थित पठाओको कार्यालयमा तोडफोड भएको छ ।

केही समययता कम्पनीविरुद्ध आन्दोलित हुँदै आएका राइडरहरुको एक समूहले कार्यालयमा तोडफोड गरेको प्रहरीले बताएको छ ।

कम्पनी र आन्दोलनरत पक्षबीच वार्ता भएर सहमति जुटेको भन्दै निर्णय सुनाइँदै गर्दा सोमबार एक समूहले तोडफोड गरेको हो । तोडफोडमा संलग्न केही युवालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरका डीएसपी दक्ष बस्नेतले जानकारी दिए ।

कम्पनीले आफूखुसी निर्णय गरेको, सेवा सुविधा नदिएको, राइडिङ्ग बापतको कमिसन समेत धेरै लिएर कामदारमथि श्रम शोषण गरेकोलगायतको आरोप लगाउँदै राइडरहरु आन्दोलित हुँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस