संसद् अधिवेशन तत्काल बोलाउन काँग्रेस–जसपाको माग « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

संसद् अधिवेशन तत्काल बोलाउन काँग्रेस–जसपाको माग


४ पुस २०७७, शनिबार


काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टी(जसपा)ले सङ्घीय संसद्को अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शनिवार दुई दलका शीर्ष नेताहरूबिच भएको छलफलले संसद्को अधिवेशन बोलाउन माग गरेका हुन् । बुधवार बसेको काँग्रेस पदाधिकारी बैठकले संसद् अधिवेशन बोलाउन माग गर्दै प्रतिपक्षी दलहरूसँग छलफल गर्ने निर्णय गरेको थियो ।

काङ्ग्रेसकै प्रस्तावअनुसार शनिवार भएको छलफलमा देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र डा. मिनेन्द्र रिजाल थिए भने जसपाबाट अध्यक्ष महन्त ठाकुर र नेताहरू डा. बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागी थिए ।

साथै संसदमा समन्वय गर्दै सशक्त प्रतिपक्षको भूमिका निभाउन समेत दुवै दलका शीर्ष नेताहरू सहमत भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस