हत्या आरोपित बालकलाई बाल सुधारगृहमा पठाइयो « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

हत्या आरोपित बालकलाई बाल सुधारगृहमा पठाइयो


३० मंसिर २०७७, मंगलबार


एसिड

वाग्मती । चार वर्षीया बालिकाको हत्यामा आरोपित मकवानपुरका १४ वर्षीय बालकलाई जिल्ला अदालतले बाल सुधारगृहमा राख्ने आदेश जारी गरको छ ।

जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको इजलाशले हत्या आरोपित ती बालकलाई हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित बाल सुधारगृहमा पठाउने आदेश दिएको हो ।

वाग्मती गाउँपालिका–७ स्थित लामिटारका शेरबहादुर पाख्रिनकी चार वर्षीया छोरी रुबिनाको यही मङ्सिर ३ गते हत्या भएको थियो । बालिकालाई बलात्कारपछि ढुङ्गाले हानेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । बालिकाको हत्याको आरोपमा ती बालकलाई मङ्सिर ४ गते प्रहरीले पक्राउ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस