कोरोना संक्रमणबाट मोरङमा थप दुई जनाको मृत्यु « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

कोरोना संक्रमणबाट मोरङमा थप दुई जनाको मृत्यु


११ मंसिर २०७७, बिहिबार


विराटनगर । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मोरङमा थप दुईजनाको मृत्यु भएको छ । मोरङको लेटाङ नरपालिकाका एक जना र रतुवामाइ नगरपलिकाका एकजना वृद्ध पुरुषको मृत्यु भएको हो ।

लेटाङ नगरपालिका-२ का ७० वर्षीय वृद्धको बिहीबार बिहान नोबेल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि मंसिर ९ गते मंगलबार उनी मेडिकल कलेजमा भर्ना भएका थिए । श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने र ज्वरो आउने समस्या मृतकमा थियो । गम्भीर अवस्थामा अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

यस्तै रतुवामाई नगरपालिका-८ का कोरोना संक्रमित ८० वर्षीय वृद्धको बुधबार राति होम आइसोलेसनमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कोरोना पुष्टि भए पनि आफ्नै घरमा बसिरहेका वृद्धको राति १० बजे मृत्यु भएको हो । पीसीआर परीक्षण गराउँदा मंसिर १ गते रिपोर्ट पोजिटिभ आएको थियो । मृतकमा मृगौला सम्बन्धी पुरानै समस्या थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस