पार्टीको विवाद मिलाउन प्रधानमन्त्री ओलीको नेता नेपालसँग छलफल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पार्टीको विवाद मिलाउन प्रधानमन्त्री ओलीको नेता नेपालसँग छलफल


प्रशासन संवाददाता

३० कार्तिक २०७७, आइतबार


काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विवाद समाधानका लागि वरिष्ठ नेता माधव नेपालसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले आइतबार नेता नेपालसँग भेट गरेका छन् । उनले यसअघि उपाध्यक्ष वामदेव गौतमसँग भेट गरी विवाद समाधानबारे छलफल गरेका थिए ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार पेश गरेको प्रस्तावले गर्दा नेकपामा थप विवाद सिर्जना गरिदिएको छ । उक्त प्रस्तावमा वरिष्ठ नेता नेपाल सहित वामदेव गौतम, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठको समेत सहमति भएपछि प्रधानमन्त्री ओलीमाथि थप दबाब बढेको छ ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस