अस्पतालमा आगलागी हुँदा दश कोरोना सङ्क्रमितको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अस्पतालमा आगलागी हुँदा दश कोरोना सङ्क्रमितको मृत्यु


एजेन्सी

३० कार्तिक २०७७, आइतबार


काठमाडौँ । रोमानियामा कोरोना भाइरसका बिरामी उपचारार्थ एक अस्पतालमा आगलागी हुँदा दश जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य थुप्रै ब्यक्ति घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उत्तर पूर्बी रोमानियाको पिआट्रा निम्ट सरकारी अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको हो । आगलागी अस्पतालको दोस्रो तल्लामा भएको हो ।

आगलागी सुरु भएको कक्षमा भर्ना भएका आठ जना बिरामीको जलेर घटनास्थलमै मृत्यु भएको र दुईजना अर्को कोठाका बिरामीको मृत्यु भएको बीबीसीले जनाएको छ ।

शर्ट सर्किट भएर आगलागी भएको रोमानियाका स्वास्थ्य मन्त्री नेलु टटारुले बताएका छन् । उनले अस्पतालमा उपचारार्थ कोभिडका बिरामीहरुलाई लसि शहरस्थित सामुदायिक अस्पतालमा स्थानान्तरण गरिएको जानकारी दिए ।

त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार आगलागीमा गम्भीर घाइते एक चिकित्सकलाई उद्धार गरी सैन्य हेलिकप्टरको सहयोगमा राजधानी बुकारेष्टस्थित अस्पतालमा भर्ना गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस