गोकर्णेश्वर नगरपालिकाले रेडियो सञ्चालन गर्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गोकर्णेश्वर नगरपालिकाले रेडियो सञ्चालन गर्ने


१७ कार्तिक २०७७, सोमबार


काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले आफ्नै एफएम रेडियो सञ्चालन गर्ने भएको छ ।

नगरपालिकाको पाँचौँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमको सूचना तथा सञ्चार नीतिमा स्थानीय सरकारका कामलाई जनतासमक्ष सहजरुपमा पुर्‍याउनका लागि रेडियो स्टेशन स्थापना गर्ने उल्लेख छ ।

त्यस्तै सूचनामैत्री नगरपालिका निर्माणका लागि धार्मिक, सांस्कृतिक तथा अन्य गतिविधिको प्रचार गर्ने नीति लिएकाले नगरका सबै वडामा निःशुल्क वाइफाइ सेवा विस्तार गरेको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिए ।

स्थानीय पत्रपत्रिका तथा सञ्चारमाध्यमको क्षमता वृद्धिका लागि विकास पत्रकारिता तालीम सञ्चालन गर्ने योजना बनाएको नगरपालिकाले एकीकृत नगर सूचना केन्द्र निर्माण गर्ने योजना पनि अगाडि सारेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस