जाजरकोटमा जिप दुर्घटना, वडाध्यक्षसहित ५ जनाको मृत्यु « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

जाजरकोटमा जिप दुर्घटना, वडाध्यक्षसहित ५ जनाको मृत्यु


२१ आश्विन २०७७, बुधबार


काठमाडौं ।  जाजरकोटको जुनिचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ ।

जिल्ला सदरमुखकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे१ ज ९३५ नम्बरको जिप बुधबार जुनिचाँदे गाउँपालिका-१ औल भीरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जाजरकोटका प्रमुख, डीएसपी किशोर श्रेष्ठका अनुसार मृत्यु हुनेमा जुनीचाँदे वडा नं. ११ का वडाध्यक्ष अमरबहादुर शाही, स्थानीय खेमराज शाही, कृतिबहादुर शाही, कृष्णबहादुर शाही र मालिका बस्नेत रहेको जानकारी दिए।

दुर्घटनामा स्थानीय नरबहादुर बुढा गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेका २ जना बेपत्ता रहेका छन् । बेपत्ताको सनाखत हुन सकेको छैन ।

जुनीचाँदे गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगादेखि परालेतर्फ जाँदै गरेको अध्यक्ष शाहीको टोली सवार उक्त जिप दुर्घटनामा परेको हो ।

बेपत्ता भएका अन्य दुईजनाको खोजी भइरहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस