न्यायिक समिति र मेलमिलाप कर्तालाई प्रशिक्षण गर्दै ठुली भेरी नगरपालिका « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

न्यायिक समिति र मेलमिलाप कर्तालाई प्रशिक्षण गर्दै ठुली भेरी नगरपालिका


१८ आश्विन २०७७, आइतबार


डोल्पा । न्यायिक समिति र मेलमिलापकर्तालाई नगरपालिकाले प्रशिक्षण थालेको छ । डोल्पाको ठुली भेरी नगरपालिकाले आफ्ना स्थानीयतहका मेलमिलापकर्ता र न्यायिक समितिका पदाधिकारीहरुलाई न्याय तथा मेलमिलाप सम्बन्धी कानुनी प्रशिक्षण दिन लागेको हो ।

पछिल्ला समयमा गाउँ स्तरमा विभिन्न खाले घटनाहरू घट्ने तर सङ्घीयता पछि स्थानीयतहमा नै मेलमिलाप र न्यायिक समितिले न्याय दिने बेलामा अझैपनि जिल्ला प्रशासन,प्रहरी र अदालतमा पुग्नुपर्ने बाध्यता रहेकोले स्थानीयतहका न्यायिक समिति र मेलमिलापकर्तालाई सक्रिय बनाउन प्रशिक्षणको थालनी गरेको ठुलीभेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर रानाले जानकारी दिए ।

हामी विभिन्न कारण केही न्यायका क्षेत्रमा पछि परेको हौ अब न्यायको लागि नागरिकले सदरमुकाममै धाउन पर्दैन नगर प्रमुख गणेशबहादुर शाहीले आश्वासन दिए । नगर तथा गाउँपालिकाको उपलाई न्यायको जिम्मेवारी तोकी सकेको अवस्थामा नागरिकलाई न्याय दिलाउनेमा अब कुनै पनि हालतबाट न्यायिक समितिले गर्ने नगर उपप्रमुख योगेन्द्रबहादुर शाहीले प्रतिबद्धता जनाए ।

न्यायिक समिति र मेलमिलापकर्ताहरूलाई जिम्मेवार बनाउन पहिलो पटक प्रशिक्षण गराउन लागेको नगरपालिकाले निकै राम्रो काम गरी रहेको र अझै पनि न्यायका बारेमा कानुनी व्यवस्था बारे अन्योल रहेकोले यो प्रशिक्षणबाट न्यायिक समिति प्रष्ट हुनेमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले विश्वास व्यक्त गरे ।

न्याय तथा मेलमिलाप सम्बन्धी प्रशिक्षण पश्चात् हरेक वडा तथा बस्तिस्तरमा हुने साना देखी ठुला घटनाको कानुन सङ्गत रूपमा मिल्ने मेलमिलाप तथा न्याय दिलाउने काम स्थानीय सरकारले गर्ने विश्वास धेरैको रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस