राष्ट्रपतिद्वारा ट्रम्पको स्वास्थ्यलाभको कामना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपतिद्वारा ट्रम्पको स्वास्थ्यलाभको कामना


प्रशासन संवाददाता

१८ आश्विन २०७७, आइतबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना संक्रमति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियाको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् । भण्डारीले ट्रम्पलाई एक सन्देश पठाउँदै शीघ्र लाभको कामना गरेकी हुन् ।

सन्देशमा भण्डारीले कोभिड–१९ लाई नियन्त्रण गर्नका लागि ठोस कदमहरु चाल्नुपर्नेमा जोडदिएकी छन् । यस्तै नेपाल र अमेरिका बीचको वहुआयामिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने भण्डारीले शन्देशमा भनेकी छन् ।

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका ट्रम्प शनिवार अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस