मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु


१९ भाद्र २०७७, शुक्रबार


काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

आजको बैठकले राष्ट्रिय सभा सदस्यमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी गरेको छ ।

यसअघिको बैठकमा अनुपस्थित रहेका अर्थमन्त्री डा. युवराज खतिवडा आजको बैठकमा उपस्थित भएको छन् । उनको कार्यकाल भदौ २० गतेबाट सकिँदै छ । राष्ट्रियसभाको पदावधि सकिएसँगै खतिवडाको मन्त्री पद पनि स्वतः सकिएको छ ।

खतिवडाको स्थानमा गौतमलाई लिने नेकपा सचिवालय बैठकले निर्णय गरेको हो ।

सरकारको तर्फबाट गरिएको सिफारिसका आधारमा राष्ट्रियसभा सदस्य राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस