उद्यमशीलता, युवा र अर्थतन्त्र « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उद्यमशीलता, युवा र अर्थतन्त्र


९ भाद्र २०७७, मंगलबार


विषय प्रवेश :
सामान्यतः उद्यमशीलता, युवा अर्थतन्त्र शब्दको शाब्दिक अर्थ फरक फरक भएता पनि यी एक अर्काका बिच अन्तसम्बन्धित छन् । कुनै पनि समाजको समृद्धि समाजको तब मात्र कल्पना गर्न जब उद्यमशीलता, युवा अर्थतन्त्र अन्तर घोलित हुन्छ । समाज आफैमा एक बहुआयमिक विषय हो । जसले आर्थिक संस्कृति, राजनैतिक, भौतिक र नैतिक रूपमा गाँसिएको हुन्छ । त्यसले समाजको आर्थिक विकास गर्नका लागि उद्यमशीलता र युवा एक पूर्वआवश्यक तत्त्व हुन्छ ।

उद्यमशीलता
नवीनतम व्यवसायको तयारी गर्ने, व्यवसायको स्थापना गर्ने, त्यसको अनुसन्धान गर्ने, सञ्चालनको लागि तीव्र इच्छाशक्तिm र सृजनशीलताको क्षमता हुनु नै उद्यमशीलता हो । उद्यमशीलता उत्पादनको साधन पनि हो । उद्यमशीलता संस्कृतिको विकासले नागरिकहरूलाई पेसा व्यवसायप्रति आकर्षित गराई जोखिम बहन गर्न र सिर्जनशील कार्यलाई आर्थिक क्रियाकलापसँग आबद्ध गर्न मदत गर्दछ । स्थानीय स्तर देखी नै उत्पादन र उत्पादकत्व वृद्धि तथा रोजगारीको सिर्जना गरी अर्थतन्त्रलाई गतिशीलता दिन उद्यमशीलता विकास महत्त्वपूर्ण आयाम हो । नव प्रवर्द्धनात्मक तथा अन्वेषणात्मक वस्तु सेवा उत्पादन स्थानीय स्तरमा उपलब्ध स्रोत, साधन, पुँजी र प्रविधिको उपयोग एवम् सिपमूलक तालिम र वित्तीय पहुँचको विस्तारबाट उद्यमशीलता विकास गर्न सकिन्छ ।

शिक्षालाई व्यावसायिक बनाई युवा पुस्तामा उद्यमशील संस्कृतिको विकास गरी सीपमूलक तथा व्यावसायिक तालिमलाई उद्यमशीलतामा आबद्ध गरी छरिएर रहेका उद्यम विकास कायक्रमलाई एकीकृत र प्रभावकारी बनाउनु पर्दछ । लघु, घरेलु तथा साना उद्यमीको वित्तीय स्रोतको क्षमताको वृद्धि गरी परियोजनाको प्रस्ताव विश्लेषण र मूल्याङ्कनका आधारमा उत्पादनमूलक उद्योग व्यवसायमा ऋण लगानीका लागि बैङ्क तथा वित्तीय संस्था अग्रसर हुनुपर्दछ ।

नेपालमा सङ्घीयताको कार्यन्वनसँगै प्रदेश र स्थानीय तहसम्म उद्योग तथा कलकारखाना दर्ता उद्यमशीलता र रोजगारी सम्बन्धी सेवा नीति कानुन र संस्थागत स्थायी व्यवस्थासँगै वित्तीय क्षेत्रको विस्तार र दायरा बढ्दै जानु, स्वरोजगारी र आन्तरिक रोजगारी सिर्जना राष्ट्रिय प्राथमिकतामा पर्नु, मुलुकमा सक्रिय जनसङ्ख्याको अनुपात वृद्धि हुनु र युवा जनशक्ति उद्यमप्रति आकर्षण बढ्नुले नेपालमा उद्यमशीलताको विकासमा छलाङ मार्न सहयोग पुग्ने देखिन्छ ।

युवा 
राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, सामाजिक र आर्थिक अधिकारहरूको पूर्ण उपयोग गर्न वातावरण तयार गरी युवाको सर्वाङ्गीण विकास सशक्तीकरण र युवा उद्यमशीलताका लागि शिक्षा स्वास्थ्य रोजगारी लगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्न नीतिगत तथा संवैधानिक व्यवस्था रहेको छ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद् , दिगो विकास लक्ष्य र यूथ भिजन २०२५ ले युवाको विकास र सहभागितामा जोड दिएको छ । नेपालको कूल जनसङ्ख्याको ४०।३५ प्रतिशत युवा रहेको जनसाङ्ख्यिक लाभको अवसरलाई पुँजीकृत गरी मुलुकको आर्थिक समृद्धिमा युवाको योगदानलाई सुनिश्चित गर्न सकिन्छ ।

राष्ट्रिय विकासलाई आर्थिक विकास अपरिहार्य छ । आर्थिक विकासमा लागि उद्यमशीलता विकास अपरिहार्य छ, उद्यमशीलता विकासका युवा एक पूर्वआवश्यक तत्त्व हो । उद्यमीले देशको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । स्वरोजगार तथा रोजगारीको अवसर सिर्जना गरी राष्ट्रको आर्थिक समृद्धिमा उल्लेख्य योगदान पुर्‍याउँछ । देशको औद्योगिकीकरणमा उद्यमीको सबै भन्दा महत्त्वपूर्ण भूमिका हुन्छ । सरकार र समाजले केवल औद्योगिक वातावरणमा मात्र सिर्जना गर्दछ । औद्योगिक क्षेत्र अतिरिक्त कृषि तथा सेवा क्षेत्रको उत्थानमा समेत सक्रिय भूमिका हुन्छ । राष्ट्रको आर्थिक विकास गर्नका लागि उद्यमशीलताको अद्वितीय भूमिका हुन्छ । देशको आर्थिक विकासको मूल आधार नै उद्यमशीलता हो । अर्थतन्त्रको विकासका लागि उद्यमीको भूमिका निम्न छन् ।
 पुँजी निमार्ण गर्न,
 रोजगारी वृद्धि गर्न,
 उत्पादकत्व वृद्धि गर्न,
 निर्यात प्रवर्द्धन गर्न,
 औद्योगिकीकरण गर्न,
 सन्तुलित तथा न्यायपूर्ण विकासका लागि,
 उपलब्ध प्राकृतिक तथा मानवीय संसाधनको सदुपयोग गर्न,
 गुणस्तरीय जीवनयापनका लागि,
 राष्ट्रको कूल गार्हस्थ्य उत्पादनमा वृद्धि गर्न,

अन्त्यमा : नेपालको आर्थिक विकासको आधार उद्यमशीलता हो । वर्तमान समयमा युवा शक्तिलाई उद्यमशीलतामा परिणत गर्न सके देशको आर्थिक समृद्धि यहीँ पुस्तामा सम्भव हुने देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस