कोभिड नाइन्टिन एण्ड दि क्लास अफ ट्वान्टी ट्वान्टी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कोभिड नाइन्टिन एण्ड दि क्लास अफ ट्वान्टी ट्वान्टी


३ श्रावण २०७७, शनिबार


खराब घटनाहरुको एक विस्तारले बर्षमा लात हान्छ, अनि बाँकी बर्षहरुमा र बाँकी पुस्ताहरुमा समेत यसले गहिरो दाग छोड्छ भन्‍ने अवस्था सन् 1930 को विश्वव्यापी आर्थिक महामन्दी (ग्रेट डिप्रेशन) पछि यही हुनुपर्छ सायद।“दुई हजार र बीस,” वा “दुई-ओ दुई -ओ,” वा “टू -जिरो टू -जिरो” ट्वान्टी ट्वान्टी ।

ट्वान्टी ट्वान्टी अर्थात २०२०/२०२० हालको वर्ष हो। यसलाई इ.सं. १५८२ मा पोप ग्रेगोरी तेह्रौँ ले लागू गरेका हुन् र उनैको नामबाट नैं यसको नाम ग्रेगोरियन क्यालेन्डर रहन गएको पाइन्छ। यो ग्रेगोरी क्यालेन्डर इस्वी सम्वतमा आधारित क्यालेन्डर हो। यो संसारमा लगभग हरेक ठाउँमा उपयोग गरिने क्यालेन्डर हो र यो जुलियन क्यालेन्डरको रुपान्तरण हो। यसको एकाइ ‘दिन’ हुने हुन्छ। प्राय: ३६५ दिनहको एक वर्ष हुन्छ तर प्रत्येक चौथो वर्ष ३६६ दिनको हुन्छ जसलाई अधिक वर्ष (लिप इअर) भनिन्छ। (स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट) हालको यो २०२० वर्ष पनि अधिक वर्ष हो।

ट्वान्टी ट्वान्टी वर्षलाई विश्व स्वास्थ्य संगठनद्वारा नर्स र सुँडेनी वर्षको रुपमा तोकेको छ।  संयुक्त राष्ट्र संघले प्लान्ट स्वास्थ्यको अन्तर्राष्ट्रिय वर्षको रुपमा घोषणा गरेको छ। ध्वनीको लागि अन्तर्राष्ट्रिय आयोगले ध्वनीको अन्तर्राष्ट्रिय बर्षको रुपमा तोकिएको छ। भने नेपाल सरकारले यसै बर्ष अर्थात सन् २०२० लाई नेपाल भ्रमण वर्ष अभियानका रुपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएर जनवरी एकमा एक भव्य समारोहकाबीच दशरथ रङ्गशालामा सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारी ज्यूले शुभारम्भ समेत गर्नुभएको थियो। तर सन् बाट नै चीनको वुहानबाट सुरु भएको कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा पनि त्यसको प्रभाव पर्ने भएकाले भ्रमण वर्षको रुपमा तोकिएका प्रवर्धनात्मक कार्यक्रमहरु हाललाई स्थगित गरिएको छ। यो संकटले अहिलेसम्मकै ठूलो भनिएको सन् १९३० को विश्वव्यापी आर्थिक महामन्दी (ग्रेट डिप्रेशन)लाई समेत बिर्साउने संकेत छ। यसले गम्भिर विश्वव्यापी सामाजिक र आर्थिक अवरोध सृजना गरेको अवस्थामा यो ट्वान्टी ट्वान्टी वर्ष एक महान संकट, एक महान मन्दी अनि विश्व हलचल मानवजगतको बानी व्यवहार समेत परिवर्तन गरी सिमित तटस्थतामा पुर्‍याएको छ।

समय नै पैसा हो भन्‍ने वाक्यलाई जिवन पैसा हो तर्फ धकेलेको छ। पानीको कम प्रयोग गरौँ, पानी बचत गरौँ भन्‍ने वाक्यलाई दिनमा धेरै पटक हात धुनुहोस। अल्कोहलको प्रयोग स्वास्थ्यको लागि हानिकारक छ भन्‍ने वाक्यलाई कम्तिमा पनि ६५ प्रतिशत भन्दा बढी अल्कोहल भएको स्यानिटाइजरको प्रयोग गर्न सिफारिस गरेको अवस्था छ। समाजमा सामाजिक कृयाकलापहरुमा सहभागी हुनु अर्थात सामाजीकरण राम्रो हो भन्‍ने वाक्यलाई अहिले सामाजिक नहुनुहोस् भन्‍नेतर्फ धकेलेको छ। बाल-बच्चाहरुलाई मोबाइल लगायतका इलेक्ट्रोनिक सामानहरुबाट टाढा राख्‍नुपर्दछ भन्‍ने वाक्य अहिले शिक्षा अनलाइनको माध्यमबाट सञ्चालन गर्नुपर्दछ भन्‍नेतर्फ सबैले सुझाव दिएको पाईन्छ। यात्रा तथा हाइकिङ्ग लगायतका घुमफिरजन्य कार्यहरु स्वास्थ्यका लागि हितकारी छन्, सार्वजनिक सवारी साधनहरुको बढी प्रयोग गरौँ भन्‍ने धारणा अहिले आफ्नै निजी सवारीसाधन प्रयोग गरौं भन्‍नेतर्फ डोरिएको छ भने अतिथी देवो भव: वाक्यले त झन आफ्नो अस्तित्व गुमाएको जस्तो देखिन्छ ‘कुनै पनि पाहुनाहरुलाई निषेध गरिएको छ’ वाक्यले।यी र यस्तै विविध चलनचल्तिमा आएका महङ्गा एवं महान वाणीहरुलाई यसले वर्तमान समयमा उल्टोतर्फ घुमाइदिएको छ अर्थात यस समयको समिकरणले सस्तो एवं कमसल बनाइदिएको छ। यही हो दि क्लास अफ ट्वान्टी ट्वान्टीको युग।

समयको स्वच्छता आँउदो दिनमा मानव जीवनको लागि एक उद्दारकर्ताको रुपमा लिनुपर्ने मानिन्छ। किनकि, एक छोटो समयमा यो कोरोना भाइरसले यतिसम्मको त्रास फैलाउछ भन्‍ने सायद कल्पना समेत गरेको छैन होला कसैले। कोभिड-19, लकडाउन, स्वाब संकलन, क्वारेन्टाइन, होम क्वारेन्टाइन, सेल्फ क्वारेन्टाइन, आरडिटी टेस्ट, पिसीआर टेस्ट, संक्रमण, आइसोलेसन, स्यानिटाइजर, पिपिइ, के एन् नाइन्टीफाईभ मास्क लगायतका शब्दहरु सबै व्यक्ति, सञ्चार माध्यमहरुमा नसुनिएको दिनै हुदैन अचेल।यी शब्दहरु ट्वान्टी ट्वान्टीको पुस्ता र आउने पछिल्लो पुस्ताले पनि सम्झिने गरी कैद भएका छन् विश्व शब्दकोषमा।

हामी नेपालीहरुको परम्परागत ग्रिटिङ्गको सुरुवाती शब्द “नमस्ते” यो कोरोना भाइरस फैलिए पछि विश्‍वभरी सबैको अभिवादनको एक मुख्य “ब्रान्ड” भएको छ। परिवारसँग समय बिताउन नपाएकाहरु यो समय परिवारको सम्पर्कमा बढी व्यस्त र मस्त छन्।बाहिरी निस्कने कुनै सुरसार देखिदैन। सामान्य खानपिन, पौष्टिक आहारको खोजी लगायत पारिवारीक वातावरणमा बस्नुपर्दछ भन्ने प्रकृतिको सन्देश जस्तो भएको छ वर्तमान ट्वान्टी ट्वान्टीको समय।

पर-निर्भरतालाई आत्मनिर्भरतामा बदल्दै लगेको छ अर्थात दिनभर अर्काको काम गरि बेलुकाको छाक टार्नमा मात्र सिमित कैयौं क्षेत्रका कामदारहरु आफ्नो इलम, पेशा अनि व्यवसायतर्फ आकर्षित हुँदै गइरहेका छन्। दैनिक स्कूल तथा शैक्षिक संस्थाहरुमा प्रत्यक्ष रुपमा उपस्थित भई नै अध्ययन गर्नुपर्दछ भन्‍ने मान्यता आजकल आत्म-अध्ययन तथा गृह शिक्षणमा परिवर्तन भएको छ, जसले शैक्षिक जगतमा नयाँ नयाँ खोज अनुसन्धान गरिनुपर्दछ भन्‍ने पाठ सिकाएको छ।शहर पसेर भुटेको मकैलाई ‘पप कर्न’ भन्‍ने जमातलाई खाए मकै नत्र भोकै भन्‍ने गाँउतिर नै फर्काएको छ, अनि म त विदेश जान्छु, टन्‍न कमाउँछु, शहरमा दुई–तीन आना जग्गा किन्छु र बस्छु तर यो गाउँमा त बसिदैन भन्‍नेहरुलाई झन “आफ्नो गाँउ आफै बनाउँ” भन्‍ने नारा कण्ठ छ र उनिहरु सबै अहिले ज्यान जोगाउन गाउँ पसेका छन् यस्तै विविध परिवर्तनहरु लगायतले जनताको जीवनशैलीमा अस्वभाविक परिवर्तन ल्याएको छ यो कोरोना भाइरस अनि ट्वान्टी ट्वान्टीको युगले।

अन्त्यमा,
यो ट्वान्टी ट्वान्टी वर्षले अहिलेसम्मकै मानव जीवनको अत्यन्त अनिश्‍चितता र बिल्कुल नयाँ आदर्श अनि पुस्ता परिभाषित क्षण झल्काएको छ। आशा राखौं कि हामी विश्वव्यापी ऐक्यवद्धताका साथ सत्यलाई चिन्‍न सक्ने, क्लाइमेट चेन्ज, इकोलोजिकल चेन्जबारे जानकारी राख्‍ने, खतरा महसुस गरी व्यवस्थापकीय निर्णय लिन सक्ने एवं निगरानी राख्‍न सक्ने, तनाव व्यवस्थापन देखि नैतिक शिक्षा प्रदान, समस्या वा खाँचो परेका व्यक्तिहरुलाई सहयोग पुर्याउने उदारता विकास लगायतका उल्लेखित र यस्तै अन्य प्रकारका सकारात्मक क्रियाकलापहरु गर्नेछौं। यस ऐक्यबद्धताले हामी सबैलाई हामीले छोड्ने एउटा मार्गको रुपमा वा यस समयमा हामीले लिने प्रत्येक निर्णय, गरेका क्रियाकलापहरु, खोज अनि अन्वेषणहरु लगायतले सँधैका लागि चिनाउने भएको छ “दि क्लास अफ ट्वान्टी ट्वान्टी” को रुपमा हामीहरुलाई, जुन भविष्यको इतिहासको रुपमा लेख्‍न बाँकी नै छ।

[email protected], @joshinawaraj301

Tags :
प्रतिक्रिया दिनुहोस