थप ४५१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ हजार नाघ्यो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

थप ४५१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ हजार नाघ्यो


१ असार २०७७, सोमबार


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३५ महिला र ४१६ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ अजार २ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । जसमध्ये ४७१ जना महिला र ५७४० जना पुरुष छन् ।

पछिल्लो २४ घण्टामा ६७ जना डिस्चार्ज भएका छन् । जम्मा १०४१ जना संक्रमित निको भएर डिस्र्चाज भएका छन् । डिस्चार्ज हुनेमा १०४ महिला र ९३७ जना पुरुष रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस