दुर्घटनामा प्रतापपुर गाउँपालिका अध्यक्षको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दुर्घटनामा प्रतापपुर गाउँपालिका अध्यक्षको मृत्यु


३२ जेष्ठ २०७७, आइतबार


परासी । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको दुर्घटनामा मृत्यु भएको छ ।

गाउँपालिकाको लु १ झ ३७० नम्बरको सवारी अनियन्त्रित भएर पल्टिँदा गम्भीर घाइते भएका ५१ वर्षीय शर्माको उपचारका लागि चिसापानी सामुदायिक अस्पताल चौपत्ता लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलरासीका प्रमुख एसपी अजय केसीले बताए ।

दुर्घटनामा सवारी चालक प्रतापपुर गाउँपालिका ५ का हरिलाल राजभर घाइते भएका छन् ।

जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन सदरमुकाम जाने क्रममा बर्दघाट–त्रिवेणी सडकखण्डको लक्ष्मीपुरमा दुर्घटना भएको थियो ।

मृतक शर्माको शवलाई पोस्टमार्टका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको बताइएको छ ।

शर्मा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस