बन्दाबन्दीमा बालबालिकालाई व्यवहारिक शिक्षा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बन्दाबन्दीमा बालबालिकालाई व्यवहारिक शिक्षा


१८ जेष्ठ २०७७, आइतबार


कोरोना भाइरस (कोभिड—१९)को विश्वव्यापी महामारीको कारण अहिले सर्वत्र आशङ्का, अस्तव्यस्तता र अन्यौलता छाएको छ। कोरोना सङ्क्रमणलाई निस्तेज पार्न अनेकौँ उपाय अभ्यास भइराखेका छन्। भाइरस रोकथामका लागि स्वास्थ्यसम्बन्धी सूचना र टिप्सहरू सञ्चारमाध्यममा बग्रेल्ती छाएका छन्। उपचारका औषधीहरू पत्ता नलागेको यस अदृश्य शत्रुलाई परास्त गर्न रोकथाम बाहेक अन्य प्रभावकारी विकल्प भेटिएको छैन। कोरोना सङ्क्रमणलाई निस्प्रभावी पार्न मानव सम्पर्कलाई यथाशक्य न्यून गर्नु र सङ्क्रमितलाई आइसोलेसनमा राख्नु नै रोकथामको उत्तम उपाय मानिएको छ। मानिसहरू बिचको सम्पर्कबाट एकअर्कामा तीव्र रूपमा सजिलै सर्ने भाइरसको शृङ्खला तोड्न विश्वका अधिकांश मुलुकले लकडाउन घोषणा गरेका छन्। प्राणघातक भाइरसबाट बच्न अपनाइएको लकडाउनका कारणबाट बालबालिका लगायत सबै उमेर र पेसाका जनसमुदायलाई सकस पर्नु अन्यथा होइन।

कोरोना सङ्क्रमणका कारण शिक्षण संस्था अनिश्चितकालिन बन्द गरेर सरकारी निकाय बेखबर रहनु दुखद हो। बिदामा घर बसेका विद्यार्थीलाई सक्रिय राख्दै समयको सदुपयोगका लागि पाठ्यक्रममा आधारित आवश्यक स्वध्यायन सामग्री उत्पादन र प्रचारप्रसारका लागि सरकारी निकाय, शिक्षकका पेसागत संघसंगठन, संस्थागत विद्यालयका संचालकका छाता संस्था प्यावसन, एनप्यावसन तथा शिक्षा क्षेत्रमा क्रियाशील राष्ट्रिय, अन्तर्राष्ट्रिय सरकारी गैरसरकारी सङ्घसंस्थाले कुनै चिन्ता र चासो नदेखाउनु उदेक लाग्दो छ। विद्यालय तहमा अध्ययनरत मात्रै झन्डै ८० लाख बालबालिकाको लागि अभिभावक र सिधै विद्यार्थीलाई समेत सहयोग पुर्‍याउने उपायहरूको सरकार र सरोकार पक्षले तत्काल खोजी गरेर आफ्नो दायित्व निर्वाह गर्न चुक्नु हुन्न।

अलि ठुला उमेरका खास गरी माध्यमिक तहमा पढ्ने बालबालिकाको उमेरगत परिवर्तनका कारण लामो समयसम्म घर भित्रै बसिरहँदा अभिभावकसँग झगडा गर्ने, एकोहोरो बन्ने, चिढचिढाउने जस्ता मनोवैज्ञानिक समस्याहरू देखिन्छन्। घरमा एक्लै बस्दा मानसिक तनाव बढ्ने, झर्किने, नटेर्ने, टोलाएर बस्ने जस्ता समस्या देखिन सक्छन्।

भनिन्छ, बालबालिकाको पहिलो स्कुल घर र पहिलो शिक्षक बाबु आमा नै हुन्। यो भनाइलाई व्यवहारमा उतार्न अभिभावकले स्कुल नखुन्जेलका अवका केही दिन बालबालिकालाई उचित मार्गदर्शन गर्नलाई बुद्धि, विवेक देखाउनुपर्ने भएको छ। पढाइ हुँदा पनि बालबालिकाले दिनमा ६ घण्टा मात्र स्कुल र बाँकी १८ घण्टा घरपरिवारमा नै बिताउँथे । अहिले अनिश्चितकालिन लकडाउनका कारण २४ घण्टा अभिभावकको जिम्मामा छन्। अघिपछि आमाबुबा रोजगारीमा जाँदा लामो समय सँगै बस्न नपाएका साना उमेरका बालबालिका चौबिसै घण्टा सँगै बस्न पाउँदा मक्ख त परेकै हुन्छन्। अलि ठुला उमेरका खास गरी माध्यमिक तहमा पढ्ने बालबालिकाको उमेरगत परिवर्तनका कारण लामो समयसम्म घर भित्रै बसिरहँदा अभिभावकसँग झगडा गर्ने, एकोहोरो बन्ने, चिढचिढाउने जस्ता मनोवैज्ञानिक समस्याहरू देखिन्छन्। घरमा एक्लै बस्दा मानसिक तनाव बढ्ने, झर्किने, नटेर्ने, टोलाएर बस्ने जस्ता समस्या देखिन सक्छन्। तिनीहरूलाई विद्यालय नखुलुन्जेल कस्तो शिक्षा र सीप दिने भन्ने बारे अभिभावकको चिन्ता र चासो बढेको छ। बालबालिकाको उमेरगत शारीरिक मानसिक विकासमा विभिन्नता भएअनुसार उनीहरूको रुचि, क्षमता र आवश्यकता पनि फरक फरक हुन्छ नै। यस्ता विभिन्नतालाई संवोधन गर्न अभिभावकलाई सहज छैन। तथापि यनकेन तत्काल सरकार र सरोकार पक्षले सूचना प्रविधिका विभिन्न माध्यमबाट अभिभावकलाई सहयोग गर्नुपर्ने खाँचो देखिन्छ।

शिक्षा मनोविज्ञानअनुसार बालबालिका स्वभावैले चञ्चले हुने, अरूको नक्कल गर्ने, लिङ्गअनुसार काममा सरीक हुन उत्सुक रहने, खास गरी छोरीले आमाका काममा र छोराले बाबुको काममा सघाउने, खेल्न रुचाउने आदी उनीहरूका स्वभाव हुन। घरभित्रको सरसफाइ, चियानास्ता पकाउने, सरसामान मिलाउने, उमेर अनुसार आफूले प्रयोग गर्ने सानातिना लुगा धुने, लुगा पट्याउने र उपयुक्त ठाउँमा जतनसँग राख्न, फूलबारी, करेसाबारीका कामहरूमा व्यस्त बनाउने आदिबाट व्यवहारिक जीवनमा आइपर्ने काम गरी बालबालिकामा स्वावलम्बी बानीको विकास गर्न सकिन्छ।

घरमा बसेका बालबालिकाको लागि अहिले जीवनोपयोगी शिक्षा सिकाउने अवसरको रूपमा अभिभावकले लकडाउनको सदुपयोग गर्न सक्छन्। असल संस्कार र संस्कृति सिकाउने मौकाको रूपमा सदुपयोग गरिनु पर्दछ। हाम्रा पूर्वजहरूले स्कुलमा नगइकन समाजमा असल नागरिकको पहिचान बनाएको जगजाहेर नै छ। विद्यालयमा पढाइहुने पाठ्यक्रमले तोकेका विषयवस्तुका अतिरिक्त अन्य धेरै कुरा बालबालिकाले अरूको चालचलन, वानि व्यवहार हेरेर सिक्दै आएका हुन्छन्। यसरी अनौपचारिक रूपमा दैनिक अभ्यास र अनुभवबाट सिक्ने अलिखित सीप र ज्ञानलाई अदृश्य पाठ्यक्रम (हिडेन करिकुलम)ले समेटेको हुन्छ। जसअन्तर्गत बालबालिकाले अरूले गरेका क्रियाकलाप, बानीबेहोराको अनुकरण गर्दै आएका हुन्छन्। शिक्षा मनोविज्ञानअनुसार बालबालिका स्वभावैले चञ्चले हुने, अरूको नक्कल गर्ने, लिङ्गअनुसार काममा सरीक हुन उत्सुक रहने, खास गरी छोरीले आमाका काममा र छोराले बाबुको काममा सघाउने, खेल्न रुचाउने आदी उनीहरूका स्वभाव हुन। घरभित्रको सरसफाइ, चियानास्ता पकाउने, सरसामान मिलाउने, उमेर अनुसार आफूले प्रयोग गर्ने सानातिना लुगा धुने, लुगा पट्याउने र उपयुक्त ठाउँमा जतनसँग राख्न, फूलबारी, करेसाबारीका कामहरूमा व्यस्त बनाउने आदिबाट व्यवहारिक जीवनमा आइपर्ने काम गरी बालबालिकामा स्वावलम्बी बानीको विकास गर्न सकिन्छ। त्यस्तै घरकम्पाउण्ड भित्रै खेलिने चेस, लुँडो, क्यारमवोर्ड, व्याटमिन्टन लगायतका इन्डोर गेमबाट पनि बालबालिकालाई शारीरिक मानसिक व्यस्त बनाउन मद्दत पुग्दछ। साथै आफूसंगसंगै सामान्य योगअभ्यासको बानीले शारीरिक, मानसिक, आध्यात्मिकता सम्बन्धी प्रारम्भिक ज्ञान दिन सकिन्छ।

लकडाउनका कारण बालबालिकाको पठनपाठन ठप्प भएको छ। शिक्षण संस्था लामो विदाका कारण विद्यार्थीहरू एक किसिमले बेरोजगार नै भएका छन्। समूहमा खेल्न चल्न रुचाउने बालबालिकालाई घरको चौघेरा भित्र २४सैं घण्टा सीमित गर्दा छटपटी र बेचैनी बढ्नु स्वभाविकै हो। यसबाट उनीहरूमा शारीरिक मानसिक तनाव र अन्यौलता आउनु अनौठो होइन। शारीरिक, मानसिक, सामाजिक तथा संवेगात्मक विकास राम्रो सँग विकास भइनसकेका चञ्चले स्वभावका बालबालिकालाई घरभित्र नै थेगि राख्नुपर्ने कठिन बाध्यता अभिभावकमा आइलागेको छ। अहिलेको जोखिमयुक्त विषम परिस्थितिमा बालबालिकालाई बालमैत्री रोचक क्रियाकलाप मार्फत त्रस्त भन्दा पनि स्वस्थ, व्यस्त राख्ने प्रयास गर्नु बुद्धिमानी ठहर्छ।

अहिले बालबालिकाको बारेमा अभिभावकको गुनासो भनेकै धेरै बेर टिभी र मोबाइलमा झुण्डिने, अह्रयाएको नटेर्ने आदी पर्दछन्। यस्तो अवस्थामा मोबाइल, टिभी कै प्रयोग बाट उनीहरूमा विषयगत र व्यवहारिक ज्ञान सिकाउने उपायहरू खेजिनु पर्दछ।

छोराछोरीको कुरा धैर्यतापूर्वक सुन्ने, उनीहरुको जिज्ञासालाई सावधानीपूर्वक संवोधन गर्ने, विभिन्न कथा र अनुभवहरू सुनाउने, अन्तरक्रिया गर्ने, विकल्पहरूमा छलफल गरेर निर्णय गर्ने निष्कर्षमा पुग्ने, प्रशंसा गर्ने, आदर, सत्कार, संयमलगायतका मानवीय तथा सामाजिक मूल्यमान्यतालाई आत्मसात् गर्ने संस्कारको विकास तर्फ पनि अभिभावकले हेक्का राख्न बिर्सिनु हुन्न।

वेबसाइट तथा युट्युटूवमाहरुमा बालबालिकाले अध्ययन गरिराखेका विषयवस्तुसँग सम्बन्धित विषयहरू प्रशस्त पाइन्छन्। तिनीहरूलाई पहिला आफूले खोजेर वा सक्षम भए उनीहरूलाई खोज्न लगाएर अध्ययन र जानकारी लिन लगाउन सकिन्छ। वेबसाइटमा भएका कतिपय प्रख्यात भौगोलिक एवम् पर्यटकीय स्थान परिचय, वैज्ञानिक आविष्कार, ऐतिहासिक घट्नाहरु हेर्न लगाएर तिनीहरू बारे प्रश्न दिएर उत्तर लेख्न लगाउन सकिन्छ। त्यस्तै गीत, नृत्य, वक्तृत्व कला, सामान्य ज्ञान सिक्ने माध्यमको रूपमा पनि मोबाइलको उपयोग गर्न सकिन्छ।

ऊनीहरूको रुचिअनुसार रचनात्मक, सिर्जनात्मक कामहरूमा व्यस्त हुन पाउँदा बालबालिका रमाउने हुन्छन्। चित्र बनाउने, रङ्ग भर्ने, म्याजिक कोठाहरू भर्ने, हिज्जे मिलाउने, विभिन्न आकार र प्रकारका वस्तुहरू चिन्ने बनाउने, शुद्ध र राम्रो अक्षर लेख्ने, अभ्यास आदी गराएर पुरस्कार र प्रशंसा स्वरूप चकलेट, लेखेको कपीमा मूल्याङ्कन स्वरूप अङ्क प्रदान गरेर, परिवारमा एक भन्दा बढी केटाकेटी भए आपसमा प्रतिस्पर्धा गराउँदा पनि उत्साहपूर्वक हौसिएर सहभागिता जनाउँछन्।

बालबालिकाहरू विद्यालयमा रुटिनअनुसार पठनपाठन र अतिरिक्त क्रियाकलापमा अभ्यस्त भइराखेकाले घरमा गरिने उल्लिखित क्रियाकलापहरू समयतालिका बनाएर नै गर्दा प्रभावकारी हुन्छ। व्यक्तिगत सरसफाइ, स्वस्थकर खाना, स्वच्छ दैनिकी र उपयुक्त आराम र निद्राले बालबालिकामा स्फूर्ति बढाउँछ। त्यस्तै बाल साहित्य पढ्ने, उनीहरूले तयार गरेका चित्र, लेख रचना आदि बाल पत्रपत्रिकामा छाप्न पठाउनाले आत्मबल र प्रतिस्पर्धाको ल्याकत विकास गराउन टेवा पुग्दछ। छोराछोरीको कुरा धैर्यतापूर्वक सुन्ने, उनीहरुको जिज्ञासालाई सावधानीपूर्वक संवोधन गर्ने, विभिन्न कथा र अनुभवहरू सुनाउने, अन्तरक्रिया गर्ने, विकल्पहरूमा छलफल गरेर निर्णय गर्ने निष्कर्षमा पुग्ने, प्रशंसा गर्ने, आदर, सत्कार, संयमलगायतका मानवीय तथा सामाजिक मूल्यमान्यतालाई आत्मसात् गर्ने संस्कारको विकास तर्फ पनि अभिभावकले हेक्का राख्न बिर्सिनु हुन्न।

पूर्व जिल्ला शिक्षा अधिकारी,काठमाडौँ

Tags :
प्रतिक्रिया दिनुहोस