स्वैच्छिक कोरोना परीक्षणको शुल्क तोकिएको छैन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वैच्छिक कोरोना परीक्षणको शुल्क तोकिएको छैन


७ जेष्ठ २०७७, बुधबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सःशुल्क कोरोना परीक्षणको मूल्य निर्धारण हुन बाँकी नै रहेको बताएको छ ।

मन्त्रालयले मंगलबार लक्षण नभएका स्वदेशी तथा विदेशी नागरिकले स्वेछिक रुपमा शुल्क तिरेर परीक्षण गराउन चाहे अनुमति दिने सैद्धान्तिक निर्णय गरेको थियो ।

यसलाई लिएर १५ हजारसम्म शुल्क तोकिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि मन्त्रालयले त्यसको खण्डन गरेको छ । मन्त्रालयका आईसीएस संयोजक डा. गुणराज लोहनीले भनेका छन्, ‘केकति शुल्क लाग्ने, प्रयोगशाला कस्तो हुने, सुरक्षा प्रवन्ध कसरी अपनाउने लगायतका विषय निर्णय हुन बाँकी नै छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक स्वास्थ्य संस्थामा जोसुकै व्यक्तिले पैसा तिरेर कोरोना परीक्षण गर्न सक्ने बताउँदै तोकिएको मापदण्ड र सूचनाको गोपनियता तथा नियमित रिपोर्टिङ गर्ने सर्त अनिवार्य पालना गर्ने गरी लक्षण नभएकाले पनि परीक्षण गर्न पाउने मन्त्रालयले सूचना सार्वजनिक गरेको थियो ।

आरडीटी र पीसीआर परीक्षण स्वेच्छाले गर्न चाहने स्वदेशी तथा विदेशी नागरिकहरुले तोकिएका सार्वजनिक स्वास्थ्य संस्थाहरुमा गएर तोकिएका दररेटमा परीक्षण गराउन सक्ने नीतिगत निर्णय गरेको बताएको थियो ।

मन्त्रालयले यसबारे छिट्टै निर्णय हुने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस