भारतबाट आएकाहरुमा कडा खालको भाइरस देखियो : प्रधानमन्त्री « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतबाट आएकाहरुमा कडा खालको भाइरस देखियो : प्रधानमन्त्री


६ जेष्ठ २०७७, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएकाहरुका कडा खालको भाइरस देखिएको बताएका छन् । प्रधानमन्त्री ओलीले आज सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नहरुको संसदमा जवाफ दिँदै भारतबाट आएका हरुमा कडाखालको भाइरस देखिएको बताएका हुन् ।

उनले वुहान, इटली, दुवईबाट आएको भाइरस कडा खालको नभएको बताउँदै भारतबाट आएकाहरुमा भने कडा खालको भाइरस देखिएको छ ।

पछिल्लोपटक भारतबाट नेपाल आएका हरुमा धेरै कोरोना संक्रमण देखिएको उनले बताए ।

उनले कोरोनाका कारण कुनै पनि नागरिकको ज्यान जान नदिने सरकारको प्रयास असफल भएको स्वीकार गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस