कोरोना सङ्क्रमित गाउँ नै सिल, २१ जनाको स्वाब सङ्कलन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कोरोना सङ्क्रमित गाउँ नै सिल, २१ जनाको स्वाब सङ्कलन


५ जेष्ठ २०७७, सोमबार


सर्लाही । जिल्लाको रामनगर गाउँपालिकामा एक जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएपछि गाउँपालिका–४ बहुअर्वाका विद्यालयको क्वारेन्टिनमा रहेका २१ जनाको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।

बहुअर्वाकी एक १८ वर्षीया युवतीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रशासनले पूरै गाउँ नै सिल गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । एक महिने बालकसहित युवतीको परिवारको सबै सदस्यलाई होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ ।

योसँगै सर्लाहीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या तीन पुगेको छ । काठमाडौँको जडीबुटी चोकमा सङ्क्रमित युवतीको परिवार विगत केही वर्षदेखि फर्निचर उद्योग खोलेर व्यवसाय गर्दै आएको र सङ्क्रमित युवती काठमाडौँमै अध्ययनरत रहेको प्रजिअ जिसीले बताए । सङ्क्रमित युवती वैशाख २२ गते गाउँबाट काठमाडौँ गएकी हुन् । ‘लकडाउन हुनुभन्दा अघि नै होली पर्वमा ती युवती काठमाडौँबाट गाउँमा आएकी थिइन ।’ दुई वटा मोटरसाइकलमा उनी आफ्नो दुई भाइ बहिनीका साथ काठमाडौँ गएकी बताइएको छ ।

दुईवटा मोटरसाइकलमा चार जना काठमाडौँ गएको भए पनि एक जना युवतीमा मात्र कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेपछि सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन पुगेको हो । यसअघि धनकौलका एक १४ वर्षे किशोरमा र हरिपुर्वाका ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस