कोरोना भाइरस : दोलखामा सेनाका पृतनापतिको सम्पर्कमा आएका सबैको आरडीटी परीक्षण गरिने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोरोना भाइरस : दोलखामा सेनाका पृतनापतिको सम्पर्कमा आएका सबैको आरडीटी परीक्षण गरिने


४ जेष्ठ २०७७, आइतबार


काठमाडौं । नेपाली सेनाका पृतना पतिलाई कोरोना संक्रमण देखिएपछि दोलखामा उनको सम्पर्कमा आएका सबैको आरडीटी परीक्षण गरिने भएको छ । शनिवार नेपाली सेनाका मध्यपूर्वी पृतनापतिलाई कोरोना संक्रमणको पुष्टि भएको थियो ।

दोलखा सदमुकाम चरिकोटस्थित तारादल गणमा दुई हप्ताअघि आयोजना कोरोना भाइरसबाट मृत्यु भएमा उद्धारदेखि दाहसंस्कारसम्म गरिने प्रक्रियाको तालिम गरिएको थियो । त्यहाँ निरीक्षण गर्न पृतनापति गएका थिए । उनको सम्पर्कमा पुगेका दोलखाका सबैको आरडीटी गरिने भएको हो ।

दोलखा का प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले अभ्यास कार्यको निरीक्षणमा पुगेका सबैको सुरुमा आरडीटीको तयारी गरिएको बताए । तारादल गणले सो अभ्यास कार्यमा सीमित मात्रलाई अतिथि बनाएको प्रजिअ शर्माका भनाइ छ ।

अभ्यास कार्यको निरीक्षण गर्न दोलखा पुगेका पृतनापति २ दिनसम्म दोलखा बसेको स्रोतले बताएको छ । अभ्यास कार्यमा संलग्न सेनाहरुका साथै निरीक्षणमा पुगेका प्रशासक, प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सञ्चारकर्मी सबैको आरडीटी गर्नु पर्ने अवस्था आएको उनले बताए ।

आइतबार बैठक बसेर आरडीटी गर्नुपर्नेको संख्या एकिन गरिने प्रशासन बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस