योजना आयोगलाई आयोजनाको मूल्याङ्कन एवं अनुसन्धानमा केन्द्रित गरिने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

योजना आयोगलाई आयोजनाको मूल्याङ्कन एवं अनुसन्धानमा केन्द्रित गरिने


२ जेष्ठ २०७७, शुक्रबार


काठमाडौँ । राष्ट्रिय योजना आयोगलाई विकास नीति, कार्यक्रम र आयोजनाको मूल्याङ्कन एवं अनुसन्धानमा केन्द्रित गरिने बताइएको छ ।

सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुरा बताएकी हुन् ।

आगामी वर्ष राष्ट्रिय जनगणना, नेपाल जीवनस्तर मापन सर्वेक्षण, औद्योगिक गणना तथा सुख सर्वेक्षण सम्पन्न गरिने कार्यक्रममा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस