गोकर्णमणि दुवाडी सचिव हुँदै, आजको मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गोकर्णमणि दुवाडी सचिव हुँदै, आजको मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै


२ जेष्ठ २०७७, शुक्रबार


काठमाडौँ । सरकारले रिक्त दुई सचिव मध्ये एक पदमा बढुवा गर्दै छ ।

शुक्रवार(आज) दुई बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले शिक्षा, विज्ञान तथा प्रविधि सचिव महेशप्रसाद दाहालको अनिवार्य अवकाशपछि रिक्त सचिव पदमा गोकर्णमणि दुवाडीलाई नियुक्त गर्दै छ ।

बढुवा समितिले रिक्त सचिवका लागि सिफारिस गरेका तीन वरिष्ठ सहसचिवहरू गोकर्णमणि दुवाडी, मान बहादुर बिक र विष्णु नेपालमध्ये पहिलो नम्बरमा रहेका दुवाडीलाई सचिवमा बढुवा हुनेछन् ।

बालुवाटार स्रोतका अनुसार सामान्य प्रशासन मन्त्रालयबाट प्रस्ताव मन्त्रिपरिषद्मा केही दिन अघि नै पेस भई सकेको छ ।

त्यसै गरी यही जेठ एक देखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीको पनि अवकाश भएसँगै अर्को एक सचिव पद रिक्त रहेको छ । सुवेदीको ठाउँमा केही दिनमा बस्ने सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको बढुवा समितिको बैठकले वरिष्ठ तीन सहसचिवलाई सचिव बढुवाका लागि सिफारिस गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस