भीआईपीका सुरक्षागार्डमा कोरोना देखिएको भन्दै नेकपा स्थायी कमिटी बैठक स्थगित « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

भीआईपीका सुरक्षागार्डमा कोरोना देखिएको भन्दै नेकपा स्थायी कमिटी बैठक स्थगित


३१ बैशाख २०७७, बुधबार


काठमाडौं । आज ११ बजेका लागि बोलाइएको नेकपा स्थायी कमिटी बैठक स्थगित भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित भएको सचिवालयले नेताहरुलाई जानकारी गराएको छ ।

भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको भन्दै बैठक स्थगित गरिएकोृ सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार सांसदबाहेक अरु नेताको परीक्षण पनि गरिएको छैन । मंगलबार साँझ भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी हुन् ।

अब अर्को कहिले बस्ने भन्ने निश्चत नभएको नेकपा सचिवालयले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस