२९औँ पटक सगरमाथाको चुचुरोमा कामीरिता « प्रशासन
Logo २३ जेष्ठ २०८१, बुधबार
   

२९औँ पटक सगरमाथाको चुचुरोमा कामीरिता


३० बैशाख २०८१, आइतबार


काठमाडौँ । सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गरेर विश्वकीर्तिमान बनाएका आरोही कामीरिता शेर्पाले २९औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।

उनले आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको चुचुरो टेकेको सेभन समिट प्रालिले जनाएको छ ।

योसँगै ५४ वर्षीय कामीरिताले यसअघिको आफ्नै कीर्तिमान तोड्नै पुनः नयाँ कीर्तिमान बनाएका छन् । ‘व्यक्तिगत रुपमा सगरमाथाको सबैभन्दा धेरै सफल आरोहण गर्ने सफल भएका छन्’, सेभेन समिटले भनेको छ ।

सोलुखुम्बुको थामेका शेर्पाले १९९२ देखि हिमाल आरोहण सुरु गरेका थिए । उनले पटक पटक कीतिमान राख्दै तोड्दै आएका छन् । वि.स २०२६ सालमा सोलुखुम्बुको थामेमा जन्मिएका कामीरिताले सन् १९९२ देखि हिमाल आरोहण गर्न थालेका थिए ।

कामीरिताले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र मकालुलगायतका हिमाल आरोहण गरेका छन् । कामीरिताले सन् २०२३ मा २८ र २७औँ पटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसअघि सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए ।

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पाइला टेकेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा विश्वकै सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस