भक्तपुरका एक जना संक्रमित सशस्त्र प्रहरी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भक्तपुरका एक जना संक्रमित सशस्त्र प्रहरी


३१ बैशाख २०७७, बुधबार


काठमाडौँ । भक्तपुरमा भेटिएका दुई जना कोरोना संक्रमितमध्ये एकजना सशस्त्र प्रहरी रहेको खुलेको छ । भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कोरोना संक्रमित २७ वर्षीय पुरुष भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोटस्थित घरमा बस्दै आएका थिए । उनी नेकपा नेता भीम रावल गृहमन्त्री हुँदा सुरक्षा टोलीका सदस्य रहेको बताइएको छ ।

अर्की २५ वर्षीया महिला मध्यपुरथिमी नगरपालिका–९ मा बस्दै आएकी थिइन् । उनी दुई दिन अगाडि सुनसरीबाट मोटरसाइकल चढेर भक्तपुर आएकी थिइन् ।

दुवै संक्रमित रहेका स्थानलाई सिल गरेर निगरानी बढाइएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस