राष्ट्रपति र उपराष्ट्रपतिको कोरोना परीक्षण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति र उपराष्ट्रपतिको कोरोना परीक्षण


३० बैशाख २०७७, मंगलबार


काठमाडौँ । राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरुकोको कोरोना भाइरस(कोभिड–१९) परीक्षण गरिएको छ ।

सङ्घीय संसद्मा राष्ट्रपतिबाट आगामी जेठ २ गते नेपाल सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने समारोहलाई दृष्टिगत गरी उनीहरूको पीसीआर विधिबाट परीक्षण गरिएको हो।

संसद् सचिवालयबाट प्राप्त जानकारीअनुसार राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित ३७ जना, उपराष्ट्रपति कार्यालयमा उपराष्ट्रपति नन्दबहादुर पुनसहित ६४ जना र प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित १० जनाको पीसीआर परीक्षण गरिएको हो।

उक्त समारोहमा सहभागी हुन आउने मुख्य सचिव लोक दर्शन रेग्मी र प्रधानसेनापति पूर्णचन्द्र थापाको पनि स्वास्थ्य परीक्षण भएको छ।

कोभिड–१९ का कारण सङ्घीय संसद्मा सार्वजनिक गरिने नीति तथा कार्यक्रममा सामाजिक दुरी कायम गर्नुपर्ने अवस्थाका कारण यस पटक संवैधानिक निकायका प्रमुखलाई मात्र आमन्त्रण गरिएको छ ।

उक्त समारोहमा सहभागी हुन आउने सबैको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ। कोभिड–१९ को जोखिमका कारण उक्त समारोहमा यस पटक नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलाई भने आमन्त्रण नगरिने बुझिएको छ।

सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष, सांसद, कर्मचारी तथा सुरक्षाकर्मीसहित ७११ जनाको नयाँ बानेश्वरस्थित संसद् भवनमा यसअघि नै स्वास्थ्य परीक्षण भइसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस