बारामा निषेधाज्ञा जारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बारामा निषेधाज्ञा जारी


३० बैशाख २०७७, मंगलबार


काठमाडौँ । बारा र पर्सामा कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ ।

कोरोना सङ्क्रमित बिरामीहरूको बढ्दो सङ्ख्यालाई मध्यनजर राख्दै पर्सा जिल्लाको वीरगन्जबाट बारा जिल्लामा सञ्चालन हुने सवारी साधन पूर्ण रूपमा बन्देज लगाउने निर्णय गरेको छ ।

क्राइसिस म्यानेजमेन्ट सेन्टरको मङ्गलवार बसेको बैठकले सङ्क्रमणको जोखिमलाई मध्यनजर राख्दै स्थानीय प्रशासनबाट जारी भएका सिकिस्त बिरामी प्रयोजन बाहेकका हस्तलिखित तथा ई–पास समेत भोलिदेखि खारेज गर्ने निर्णय गरेको छ ।

भारतसँग सीमा नाका जोडिएका ठाउँहरूबाट आवात जावतमा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ भने अत्यावश्यक काम बाहेक अन्य कामका लागि कोही पनि घरबाट बाहिर ननिस्कन रोक लगाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस